बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २८ गते

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–५ का ३६ वर्षीय केशव अधिकारीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २३ गते गरिएको छ ।


कोकिला ढकाल