बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २७ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएका थिए ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २६ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


दलबहादुर मजाकोटी