बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २२ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–७ तुसाराका २० वर्षीय शङ्कर कुँवरलाई कात्तिक २० गते भैरहवाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विवाहको प्रलोभन देखाएर प्यूठानबाट भगाएर ल्याइ सिद्धार्थनगर नपा–१ बेलहियास्थित होटल नौलोमा लगी बलात्कार गरेको भन्दै पीडितले कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उक्त उजुरीका आधारमा आरोपितलााई गिरफ्तार गरी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताए ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २० गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बिसी