बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २१ गते

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।

 

पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार गरेको भनी पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु फुँयालले जानकारी दिए ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण त्रिशूली जिल्ला अस्पतालमा कात्तिक १५ गते गरिएको छ ।


नवदीप श्रेष्ठ