बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक १९ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई घरैबाट गिरफ्तार गरी घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको बाल हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १७ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।


रविन्द्र पाण्डे