बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक १९ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा–१ का ३२ वर्षीय कृष्ण आचार्यलाई कात्तिक १८ गते साँझ गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले तीन महिनादेखि बलात्कार गर्दै आएको भन्दै पीडित पक्षले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी रवि रावलले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १७ गते कर्णाली प्रदेश अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


दुर्गा थापा