बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत २ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले, लहान नपा-११ का २२ वर्षीय सरोज साह र २१ वर्षीय कमलेश साहलाई चैत १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा चैत १ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा चैत १ गते भएको थियो ।


दुर्गा परियार