बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक १९ गते

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका–५ का ३७ वर्षीय सौर्य दमाईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको इन्स्पेक्टर सन्तोष रोकाले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १८ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।


स्मृति देवकोटा