बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक १४ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–२ शङ्करनगरका ५० वर्षीय विष्णुप्रसाद पाण्डेलाई कात्तिक ११ गते शङ्करनगरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ११ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.