बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक १४ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको र गाउँ समाजले भनी मिलापत्र गरेकोमा पछिल्लो पटक कात्तिक ३ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले कात्तिक ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ११ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.