बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक १४ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मङ्गलसेन नगरपालिका–१ कुन्तीबण्डालीका २० वर्षीय एकिन्द्र कुँवर रानालाई कात्तिक १३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
तुर्माखाँद गाउँपालिकास्थित मेलामा कात्तिक १० गते गएको बेलामा पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १३ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी जनकबहादुर शाहीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १३ गते जिल्ला अस्पताल, मङ्गलसेनमा भएको डिएसपी शाहीले बताए ।


शिवराज ढुङ्गाना