बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ५ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–३, कुश्मा निवासी २४ वर्षीय अब्देश रायलाई कात्तिक ५ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रम सुवेदीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक ४ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


नारायण पराजुली