बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ८ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आँधिखोला गाउँपालिका–५ का २६ वर्षीय चन्द्रबहादुर दमाईलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २९ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा मौखिक उजुरी दिएका थिए ।

पीडित बालिकाका आफन्तले कात्तिक ५ गते प्रहरीमा लिखित उजुरी दिएका थिए । पीडित बालिकाका आफन्तको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सई चन्द्रबहादुर भुजेलले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ४ गते जिल्ला अस्पताल, स्याङ्जामा गरिएको प्रहरीले जनाएको छ ।


हिमलाल पराजुली