बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ८ गते

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१६ सिम्लेका २२ वर्षीय रामकुमार राईलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।

कात्तिक ६ गते बिद्यालयबाट घर फर्कँदै गरेकी पीडित बालिकालाई जङ्गलमा एक्लै भएको मौका छोपी आरोपितले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताए ।

आरोपितविरुद्ध पीडित परिवारले कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते जिल्ला अस्पतालमा गरिएको छ ।


भरत खड्का