बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ६ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आँधिखोला गाउँपालिका–५ का २६ वर्षीय चन्द्रबहादुर दमाईलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २९ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाका आफन्तले कात्तिक ५ गते लिखित उजुरी दिए पनि पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई कात्तिक ४ गते नै गिरफ्तार गरेर अनुसन्धान प्रकया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका सई चन्द्रबहादुर भुजेलले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ४ गते जिल्ला अस्पताल स्याङ्जामा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


हिमलाल पराजुली