बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ८ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई कात्तिक ६ गते घरैबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ११ गते सोही ठाउँको ढलेबाँझ जङ्गलमा बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित बालकलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ परीक्षण कात्तिक ७ गते जिल्ला अस्पताल, दैलेखमा गरिएको प्रहरीले जनाएको छ ।


अमर सुनार