बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ८ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नपा–४ पुरुवाका २३ वर्षीय शङ्कर थारूलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय मोतीपुरमा उजुरी दिएको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले आरोपितलाई घरैबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिका सुस्त मनस्थितिकी भएको इलाका प्रहरी कार्यालय मोतिपुरका इन्स्पेक्टर इन्द्रजित सुनारले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते जिल्ला अस्पताल गुलरियामा गरिएको प्रहरीले जनाएको छ ।


मानबहादुर चौधरी