बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ८ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१२ का २७ वर्षीय विमल नेपालीलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले प्रलोभन देखाएर कात्तिक ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ५ गते इलाका प्रहरी कायालय नारायणपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाहले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार कात्तिक ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।


जे.एन.सागर