बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ७ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक ७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई आरोपितले प्रलोभन देखाएर कात्तिक ५ गते घरमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पृथ्वीचन्द्र जिल्ला अस्पतालमा कात्तिक ६ गते गरिएको प्रहरीले जनायो ।


नारायण पराजुली