बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ७ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्स्याङदी गाउँपालिका-५ बस्ने २२ वर्षीय धनराशी बिकलाई कात्तिक ४ गते मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ४ गते जिल्ला सामुदायिक अस्पताल, लमजुङमा गरिएको प्रहरीले जनाएको छ ।


दलबहादुर मजाकोटी