बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ६ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मस्र्याङदी गाउँपालिका–५ बस्ने २२ वर्षीय धनराशी विकलाई कात्तिक ४ गते मस्र्याङ्दी गाउँपालिकाको खुदीबजारबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ३० गते घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ४ गते जिल्ला सामुदायिक अस्पताल, लमजुङमा भएको प्रहरीले जनाएको छ ।


दलबहादुर मजाकोटी