बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज २९ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका–१ का ६३ वर्षीय इन्द्रप्रसाद वस्तीलाई असोज २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २९ गते इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी मोहनकुमार थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा असोज २९ गते गरिएको छ ।


नरेश खाती