बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज २८ गते

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका–८ सिपापोखरेका ४५ वर्षीय सानुचुइके भन्ने कृष्णबहादुर नेवारलाई असोज २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ ३१ गते पीडितकै घरमा गएर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित महिलाले असोज १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको प्रहरीले जनाएको छ । आरोपित फरार भएर लुकिछिपी सबैको अवस्थामा आरोपितकै घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७६ असोज १ गते चौतारा अस्पतालमा भएको प्रहरीले जनाएको छ ।


नातिबावु धिताल