बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज २७ गते

मनोसामाजिक समस्या भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका–४ बाट ३९ वर्षीय भारतीय नागरिक सफिकुल मियाँलाई गिरफ्तार गरेको छ ।

भारत माल्दका मियाँलाई बलात्कारको आरोपमा अनुसन्धानका लागि असोज २७ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर उपेन्द्र खरेलले बताए ।

पीडित महिलालाई आरोपितले असोज २७ गते बलात्कार गरेको विषयमा स्थानीयले जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर खरेलले बताए ।

आरोपित आठ वर्षदेखि सङ्खुवासभाका विभिन्न क्षेत्रमा कवाडीको कारोवार गर्दै आएको स्थानीयले बताएका छन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २७ गते गरिएको छ ।


बाबुराम बाँस्तोला