बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज २७ गते

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नगरपालिका–७ का ३१ वर्षीय अटो चालक भरतसिंह महरालाई असोज २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज २५ गते बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका इन्स्पेक्टर वकिलबहादुर सिंहले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २६ गते महाकाली अस्पतालमा गरिएको इन्स्पेक्टर सिंहले बताए  ।


कोमलनिरन्जन भाट