बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज २७ गते

२० वर्षीया युवतीलाई बलात्कार गरको आरोपमा प्रहरीले कावासोती नपा–१० मगरकोटका २६ वर्षीय कृष्ण महतो र १६ वर्षीय बालकलाई असोज २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले असोज २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २६ गते जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भरतपुरस्थित चितवन जिल्ला अस्पतालमा असोज २७ गते गरिने प्रहरीले जनाएको छ ।


तिर्थराज डुम्रे