बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज २६ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा–३ थाप्लेका २० वर्षीय प्रवेश शाह र २१ वर्षीय रविन परियारलाई असोज २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर केशरबहादुर कार्कीले बताए ।

पीडित बालिकालाई आरोपितले असोज १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक रूपमा उजुरी र असोज १७ गते लिखित उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा असोज १६ गते गरिएको थियो ।


दिनेशकुमार श्रेष्ठ