बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज २४ गते

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–४ का ३२ वर्षीय देवबहादुर सुनारलाई असोज २४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असोज २३ गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उक्त उजुरीका अधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असोज २३ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नारायण पराजुली