बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले असोज १४ गते चार जनालाई गिरफ्तार गरेको छ ।
असोज १३ गते धरानबाट विराटनगरका लागि छुटेको बसमा सवार युवतीलाई बाटोमा उत्रन नदिई इटहरी नपा–१० स्थित साथी फ्यूल सेण्टर लगि बसभित्रै बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का ३३ वर्षीय विकास कसाई, झापाको सुरुङ्गा नगरपालिका–४ का २२ वर्षीय सुरज थापा, सिरहाको लहान नगरपालिका–४ का २७ वर्षीय सुरेन्द्र भुजेल र मोरङको बेलबारी नपा–७ का आशिष कार्कीलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।
घटनामा संलग्न सुमन मङ्ग्राती र नितेश घिमिरे फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण तथा उपचार असोज १४ गते जिल्ला अस्पतालमा गरिएको छ ।
जयकृष्ण यादव
संबंधित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गौरादह नगरपालिका–५ का ३० वर्षीय सान्तोष राईलाई जिल्ला अदालत झापाले मङ्सिर १९ गते १ वर्ष ६ महिना कैद सजायको फैसला…
मुुख्यमन्त्री सहभागी कार्यक्रमलाई लक्षित गरेर बम विष्फोट
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रमलाई लक्षित गरेर प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले बम विष्फोट गराएको स्थानीयले बताएका छन् । अन्तर जिल्ला जोड्ने सडकको शिलान्यास गर्न मङ्सिर १९ गते हुम्ला आउनु…
लैङ्गिकमैत्री समाज बनाउन पुरुषको साथ अनिवार्य
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान जारी छ । अन्तर्राष्ट्रियस्तरमै नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरूद्धको दिवस मनाउने गरिन्छ । यस अवधिमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै…
बालविवाह गरेको कसुरमा ६ महिना कैदको फैसला
१६ वर्षीया पुजा भनिने कविताकुमारी रामसँग बालविवाह गरेको आरोपमा कञ्चनरुप नपा–९ रुपनगरका १९ वर्षीय मनिषकुमार साहलाई मङ्सिर १९ गते जिल्ला अदालतले ६ महिना कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला…
इन्सेकद्वारा उपनिर्वाचन अनुगमन प्रतिवेदन सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते सम्पन्न भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको अनुगमन प्रतिवेदन मङ्सिर २० गते सार्वजनिक गरेको छ । आफ्ना प्रतिनिधि तथा…