बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलत्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ का २२ वर्षीय अर्जुन चौधरीलाई असोज ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई आरोपितले असोज ६ गते बलत्कार गरेको भन्दै पीडित पक्षले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ७ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नारायण पराजुली