बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज ५ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज ५ गते चार जना आरोपितलाई गिरफ्तार गरेको छ  ।

प्रहरीले ग्रामथान गाउँपालिका–५ का २० वर्षीय सुरेश थानदार, सोही ठाउँका २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका–५ का २२ वर्षीय सन्तोषकुमार माझी र सोही ठाउँका २२ वर्षीय प्रकाशकुमार थारूलाई गिरफ्तार गरेको हो ।

पीडित बालिकालाई आरोपितहरूले असोज ४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाको परिवारले असोज ५ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विश्व अधिकारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ५ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको छ ।


इन्दिरा भट्टराई