बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज ३ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–३ हटेल तरहीका २१ वर्षीय मो. इसराफिललाई सप्तरी असोज १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७५ फागुन २९ गते बलात्कार गरेको भन्दै पीडितका मामाले जिल्ला प्रहरी कार्यालयमा चैत १५ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले चैत १८ गते दर्ता गरेको थियो ।

मामाघरमा एक्लै सुतिरहेका बेला भेन्टिलेशनबाट कोठामा छिरेका आरोपितले पीडित बालिकाको मुख थुनेर बलात्कार गरेको पीडितले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चैत १५ गते गरिएको थियो ।


मनोहरकुमार पोखरेल