बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ ३० गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर जिल्ला हतुवागढी गाउँपालिका-३ का ३६ वर्षीय एल्जित राईलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।

आरोपितले अर्की १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप रहेको पनि प्रहरीले जनाएको छ ।

तारकेश्वर नगरपालिका-१० मनमैंजुस्थित शुभकामना चोकमा एक बालिकालाई बलात्कार र एक बालिकालाई यौन दुर्व्यवहार भएको थाहा पाए लगतै महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले आरोपित राईलाई गिरफ्तार गरेको जनाएको छ ।

आरोपित राई बा ४ ख ८२ नम्बरको बसमा सहचालकको काम गर्दै आएका थिए । आरोपितलाई भदौ ३० गते नै म्याद थप गरी थप अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्तका डिएसपी नरसिंह राणाले जानकारी दिए ।

पीडित बालिकाद्वयको स्वास्थ्य परीक्षणका लागि भदौ ३० गते प्रसूति गृह थापाथली पठाइएको छ ।


विमला पौडेल