बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ २८ गते

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितमध्ये प्रहरीले सम्सी गाउँपालिका–२ पर्सा देवाडका २५ वर्षीय कलिम शेषलाई भदौ २७ गते गिरफ्तार गरेको छ ।

महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीका अनुसार पीडितले भदौ २६ गते दिएको उजुरीको आधारमा आरोपित शेषलाई गिरफ्तार गरिएको हो ।

पीडित बालिकालाई भदौ १४ गते साँझ खेतमा शौच गर्न गएको बेला आरोपित शेषलगायत चार जनाको समूहमा रहेका युवाले बलात्कार गरेको आरोप छ ।

घटनाबारे पीडित पक्षले भदौ २६ गते उजुरी दिएपछि सोही दिन जलेश्वर अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा फरार आरोपितहरूको खोजतलास भइरहेकोमा आरोपित मध्येका शेषलाई लुकीछिपी बसिरहेको अवस्थामा भारतको कन्हमाबाट भारतीय प्रहरीको सहयोगमा गिरफ्तार गरिएको एसपी अधिकारीले बताए ।


अजयकुमार साह