बलात्कार घटनाका आरोपित गिराफ्तार

  ०७६ भदौ २७ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–६ बस्ने २२ वर्षीय रत्न बुढाथोकी, सोही ठाउँ बस्ने २० वर्षीय ठामा बुढाथोकी र १७ वर्षीय एक बालकलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले साउन २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितहरूलाई गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका सई खडकबहादुर मल्लले जानकारी दिए ।

घटनाका अन्य आरोपित सर्केगाड गाउँपालिका–६ कै १८ वर्षीय सन्देश बुढाथोकी र १८ वर्षीय मानदेव बुढाथोकीलाई खोजी गरिरहेको सई मल्लले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २६ गते जिल्ला अस्पताल, हुम्लामा गरिएको प्रहरीले जनाएको छ ।


नन्द सिंह