बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ २६ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठेखोला गाउँपालिका-५ विहुँका ६१ वर्षीय चन्द्रबहादुर सुनारलाई भदौ २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय, बागलुङमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपित सुनारलाई काठेखोला गाउँपालिका-५ को जङ्गलमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।

गिरफ्तारपछि आरोपित सुनारलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको एसपी भट्टले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २४ गते धौलागिरी अञ्चल अस्पताल, बागलुङमा गरिएको प्रहरीले जनाएको छ ।


सिर्जना पन्त