बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ २४ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेका जुम्ला जिल्ला सिञ्जा गाउँपालिकाका-२ का ३१ वर्षीय मनोज खत्रीलाई प्रहरीले भदौ २३ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७४ माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध महानगरीय प्रहरी वृत्त बानेश्वरमा सोही दिन उजुरी दिएको प्रहरीले जनायो ।

बलात्कारपछि फरार रहेका आरोपितलाई तीन वर्षपछि महानगरीय प्रहरी अपराध महाशाखा, टेकुको प्रहरी टोलीले काठमाडौँको बसुन्धाराबाट गिरफ्तार गरेको उक्त महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए ।

भदौ २३ गते गिरफ्तारीमा परेका आरोपितलाई थप अनुसन्धानका लागि सोही दिन महानगरिय प्रहरी वृत्त बानेश्वरमा पठाइएको एसएसपी थापाले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण ०७४ माघ २० गते नै प्रसूति गृह थापाथलीमा गरिएको प्रहरीले जनायो ।


विमला पौडेल