बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ २४ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय दाजुलाई भदौ २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, गोरखामा भदौ २२ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी ओम अधिकारीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २३ गते जिल्ला अस्पताल, गोरखामा गरिएको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती