बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ १४ गते

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विजौरी गाविस-९ छिल्लीकोटका ३३ वर्षीय धनबहादुर पुनलाई प्रहरीले भदौ १३ गते गिरफ्तार गरेको छ ।

असार ९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा परेको उजुरीका आधारमा आरोपित पुनलाई लमही नपा-१ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी धिरजप्रताप सिंहले बताए ।

पीडित महिलालाई असार ८ गते बन्दुक देखाएर बलात्कार गरी भिरबाट लडाई आरोपित पुन फरार भएको पीडित पक्षले आरोप लगाएको छ । फरार पुनलाई प्रहरीले गिरफ्तार गरी जबरजस्तीकरणी तथा हातहतियारसम्बन्धी मुद्दा चलाउन अनुसन्धान सुरू गरेको एसपी सिंहले बताए ।

आरोपितबाट एकथान पेस्तोल र एकथान गोलीको खोकासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । भिरबाट खसेर वेहोस भएकी युवतीलाई असार ९ गते बिहान आफन्तहरूले जङ्गलबाट उद्दार गरी राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार गराएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ९ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


जे.एन.सागर