बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ २२ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिकाका २५ वर्षीय मनिकुमार राईलाई भदौ २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले कारवाहीका लागि भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ३ गते इलाम अस्पतालमा गरिएको छ ।


कोकिला ढकाल