बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ २० गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नपा–४ का २९ वर्षीय दामोदर विसीलाई भदौ १९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपितले भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १७ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।


रविन्द्र पाण्डे