बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भदौ ११ गते र भदौ १२ गते तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । थप एक जना आरोपित फरार रहेको प्रहरीले जनाएको छ ।
धादिङ जिल्ला गजुरी गाउँपालिका-१ का २३ वर्षीय रविन श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला पाचँपोखरी गाउँपालिका-५ का २२ वर्षीय नुगेश वाईवालाई भदौ ११ गते र काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका-१ दहचोकका ३५ वर्षीय अजय कार्कीलाई भदौ १२ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई भदौ ६ गते चन्द्रागिरीमा नुगेश वाईवा र अजय कार्कीले र दोस्रो पटक भदौ १० गते कलङ्कीमा रविन श्रेष्ठ र मदन थापा मगरले बलात्कार गरेको भन्दै पीडितका आफन्तले भदौ ११ गते महानगरीय प्रहरी वृत्त कालिमाटीमा उजुरी दिएका थिए ।
आरोपित मध्येका एक काठमाडौँ महानगरपालिका-१४ रविभवनमा बस्दै आएका २७ वर्षीय मलन थापा मगरको भने खोजी भइरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ११ गते नै प्रसूति गृह थापाथलीमा गरिएको छ ।
विमला पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…