बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ ६ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय मामालाई भदौ ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर राजीव श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ५ गते गरिएको छ ।


शिवप्रसाद ढुङ्गाना