बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय जेठा बुबालाई भदौ ५ गते गिरफ्तार गरेको छ ।

बाबु आमा नभएकी बालिकालाई सहारा दिने नाममा जेठो बुबाले पटकपटक बलात्कार गरेको र पछिल्लो पटक भदौ ४ गते बलात्कार गरेको भन्दै स्थानीयहरू भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।

स्थानीयहरूको उजुरी पश्चात आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी विरेन्द्र थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ५ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको प्रहरीले जनायो  ।


नारायण पराजुली