बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ ६ गते

२६ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरका ३० वर्षीय पतिलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।

बिरामी अवस्थामा रहेकी पीडित पत्नीलाई आरोपितले असार १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ ५ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको उक्त परिसरका डिएसपी रेवतीरमण पोखरेलले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदै ५ गते प्रसूति गृह थापाथलीमा गरिएको प्रहरीले जनायो ।


सविना केसी