बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ ४ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगङ्गा नपा–७ का २२ वर्षीय मिलन देवललाई भदौ ४ गते बिहान गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीकोमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलबहादुर विष्टले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सेती अञ्चल अस्पतालमा भदौ ४ गते गरिएको इन्स्पेक्टर विष्टले बताए ।


मैनामोती चौधरी