बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ ३ गते

२० वर्षीया महिलालालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका-६ का २२ वर्षीय दिपक महरलाई भदौ २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ १ गते बलात्कार गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि भदौ २ गते अरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर प्रेम खडकाले बताए । पीडितको स्वास्थ्य परीक्षण भदौ २ गते जिल्ला अस्पताल दार्चुलामा गरिएको प्रहरीले जनायो ।


नरेन्द्रसिंह कार्की