बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ २ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई भदौ १ गते गिरफ्तार गरेको छ ।

 

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भनी पीडित पक्षले आरोपितविरूद्ध साउन २७ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले बताए ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २८ गते गरिएको छ ।


कोकिला ढकाल