बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ २ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका १९ वर्षीय धीरेन्द्र थापा र १८ वर्षीय भुपेश ऐरलाई भदौ १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाका आफन्तले भदौ १ गते इलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिएलगत्तै आरोपितद्वयलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, झलारीका इन्स्पेक्टर नैनसिह साउदले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १ गते महाकाली अस्पताल, महेन्द्रनगरमा गरिएको इन्स्पेक्टर साउदले बताए ।


कोमलनिरन्जन भाट