बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ १ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर बिकलाई भदौ १ गते गिरफ्तार गरेको छ ।

 

पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको भनी पीडितका आफन्तले ३१ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका थिए ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला अस्पताल भोजपुरमा गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पान्डपकुमार राजवंशीले बताए  ।


गणेश विष्ट